परीक्षाको Blackhole
एक्जाम बाहेक त केही पनि छैन मेरो जिन्दगीमा अहिले। जिन्दगीको रंगीन यो ब्रम्हाण्डमा म अहिले यस्तो blackhole मा फसेको छु जसमा न त कुनै प्रकाश छिर्छ, न त कुनै ऊर्जा। न त यहाँ बाट निस्कन मिल्छ, न त निस्केर कतै जानै मिल्छ यो सगाल अन्धकारबाट टाढा। यो blackhole को गुरुत्वाकर्षणले मलाई तानेको मात्र छैन, मलाई थिचिरहेको छ, दबाइरहेको छ आफू भित्र, आफू जस्तै अन्धकार बनाउन। यसको आकर्षण यति बढी रहेछ की यसले मेरो मनबाट सबै रङ्ग, तरङ्ग, उमङ्ग, सबै ढङ्गबाट एउटा चुम्बकले फलाम तानेझै तानेर रित्त्याउन थालिसक्यो। एक्जामकाे blackhole भित्रै मेरा ज्ञान - विवेक पनि मिसिदै, चुसिँदै, हराउँदै, बिलाउँदै गइरहेका छन्, र म त्यो event horizon बाट आफैलाई देखिरहेको छु सबै पढेको बिर्सिंदै गएको, त्यो blackhole मा विलाउँदै गएको।