Posts

Showing posts with the label nepal bangladesh

सपनाको खोजीमा ढाकाको जीवन

Image
  सम्झना, ११ फेब्रुअरी, सन् २०१७ को। हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको तर्फ प्रस्थान गर्न हाम्रो रिजेन्ट एयरवेजको फ्लाइट उडान भरिसकेका भएतापनि मेरो मन भने अझै उडान भर्न चाहीरहेको थिएन। एउटा सुन्दर भविष्यलाई पिछा गर्दै मेरो शरीर जति उमंगका साथ त्यो ३० हजार फिट उचाईमा उडेर अगाडि बढिरहेको थियो, त्यति नै भारी हुँदै मेरो मन आफ्नी आमाका बिछोडका ती आँसु मै लुटपुटिदैं नेपालमै अड्किन खोजिरहेको थियो। आफ्नी आमाको सम्झनामा केहीबेर बादलका बीचमा हराइसकेको मेरो मनलाई एयरहोस्टेसको घोषणाले झसङ्ग झस्कायो। अब केहीबेरमा बङ्गलादेशको राजधानी ढाकामा हामी अवतरण गर्न लागेका रहेछौँ। यसो झ्याल बाहिर तिर आफ्नो नजर घुमाएँ, सन्ध्यामा सजिएको त्यो सुन्दर झिलमिली ढाका शहरले हामीलाई न्यानो स्वागतम दिइरहेको थियो। जहाजबाट बाहिर निस्कनासाथ यो बिरानो ठाउँको तातो हावा र उष्ण गर्मीले पनि हामीलाई स्वागत गर्न भ्यायो।   केहीबेर विमानस्थलका प्रक्रिया पुरा गरी, कलेजले पठाएको गाडी चढी हामीले हाम्रो नयाँ जीवनको यात्रा सुरु गर्यौं। यस छोटो यात्रा मै पनी छिनछिनमा लागिरहेको त्यो लामो जामले हामीले सुरु गरेको त्यो ल...