म कोआला भइसके!

बिहानी सूर्य उदाउँदा म अस्ताउँछु
चन्द्रमाको आगमनमा पनि यथावतै खाटमा,
कोमामा गयो भन्दोहुन साथीहरु,
आफू ढलेको छु भात र सपनीको मातमा,
म कोआला भइसके।

 न त लुडो को इनभाइट नै आउँछ,
 न त बित्छ दिन केही कला कृति गरेर,
 किताब गन्हाउन थालेछ ढुसीले,
म ढलेछु पेट फुलाउँदै, उत्तानो परेर,
म कोआला भइसके।

न त पब्जी खेल्न मोबाइलमा स्पेस छ
 न त केटी पट्याउने खालको फेस नै,
 पल्टिनै आनन्द लाग्दो रैछ, छाती कन्याउँदै,
 नङ्गे बाबाको भेस मै,
 म कोआला भइसके।

सिनेमाहरु पनि सक्किसके छन् अब हेर्न,
आँखा र कान जाँदैछन् खस्किँदै,
"आज के सपना देख्छु होला त!" सोच्न थाल्छु,
 थालमा चना र भात पस्किदै,
 म त कोआला भइसकें।

माटोको ढिस्को झै लडेछु विस्तरमा,
 जरा गाडिएछ खाटमा लाइनले,
सपनामै खान्छु, सपनामै पढ्छु,
 गर्नु गर्यो क्वारेन्टाइन ले,
म त काेआला भइसकें!

होस्टेल का ठिटा पनि रिसाईसके,
न त अहिले खाना बनाइदिने काकी छ,
 दारी कपाल,पुरै झ्यापुले भैसकेछु
अब घास खान मात्रै बाकी छ,
म कोआला भइसकें!

लौ न! म त कोआला भइसकें,
 निभेको बत्तीको प्याला भइसकें,
 भित्तामा झुण्डेको माला भइसकें,
 म त एउटा काेआला भइसकें!!

Comments

Popular posts from this blog

Emotions are another form of energy

When you're so F*ked up in love.

What more is our life than a theatrical dance?