म कोआला भइसके!
बिहानी सूर्य उदाउँदा म अस्ताउँछु चन्द्रमाको आगमनमा पनि यथावतै खाटमा, कोमामा गयो भन्दोहुन साथीहरु, आफू ढलेको छु भात र सपनीको मातमा, म कोआला भइसके। न त लुडो को इनभाइट नै आउँछ, न त बित्छ दिन केही कला कृति गरेर, किताब गन्हाउन थालेछ ढुसीले, म ढलेछु पेट फुलाउँदै, उत्तानो परेर, म कोआला भइसके। न त पब्जी खेल्न मोबाइलमा स्पेस छ न त केटी पट्याउने खालको फेस नै, पल्टिनै आनन्द लाग्दो रैछ, छाती कन्याउँदै, नङ्गे बाबाको भेस मै, म कोआला भइसके। सिनेमाहरु पनि सक्किसके छन् अब हेर्न, आँखा र कान जाँदैछन् खस्किँदै, "आज के सपना देख्छु होला त!" सोच्न थाल्छु, थालमा चना र भात पस्किदै, म त कोआला भइसकें। माटोको ढिस्को झै लडेछु विस्तरमा, जरा गाडिएछ खाटमा लाइनले, सपनामै खान्छु, सपनामै पढ्छु, गर्नु गर्यो क्वारेन्टाइन ले, म त काेआला भइसकें! होस्टेल का ठिटा पनि रिसाईसके, न त अहिले खाना बनाइदिने काकी छ, दारी कपाल,पुरै झ्यापुले भैसकेछु अब घास खान मात्रै बाकी छ, म कोआला भइसकें! लौ न! म त कोआला भइसकें, निभेको बत...