मित्रता
मित्रता,भनिन्छ परीवार बाहिरको परीवार,
तर परीवार जतिकै अपरिहार्य
दाजु भाई जतिकै घनिष्ठ नाता हुने,
ती बिना खल्लो लाग्दो हो सबै कार्य।
तर मित्रताको परिभाषा मैले बुझिनँ की,
घनिष्ठ नाता नै गास्न म फेल खाएँ?
बुझाउन सकिनँ की मेरो आत्मीयता,
की आत्मीयता को भावना नै कतै मिल्काए?
किन हो एउटा साथी को साथमा छु जस्तो लाग्दा,
मलाई साथी भन्दा बाहेक सबै कुरा उसले ठानेछ,
एक मित्रले केही सिकाउन सहयोग मगेथ्यो, सिकाएँ,
झट्टै मलाई गुरु र आफूलाई शिष्य पो मानेछ !!
मैले कुनै सिश्य कमाउन खोजेको थिइनँ,
म त बस रमाउँदै थिए एउटा साथीको खुसीमा
कुनै कला कृतिको प्रदर्शन रोजेको थिइनँ,
बस रोपिन खोजेँ उसका भावनाका अंकुशीमा।
यो शिष्य र गुरु के हो?
सोचेथेँ हामी एउटै ड्याङका मूला हौं,
यस अन्त्यको सुरु कहाँ भो?
कसरी छुटियो की को साना को ठूला हौं?
के समान भई हात समाउँदै, रमाउँदै मितेरी साइनो जमाउँदै बढ्न हुन्न र?
के त्यो शिखरको निस्सासिदो अन्धकारलाई एक्लै सुम्सुम्याउदै हिँड्दा मन रुन्न र?
डढ्या कालो डेक्ची झैँ "साथी" सोच्थेँ आँफैलाई,
तारा झैँ चम्किने गरी माझिएछु,
गुरु ब्रह्मा गुरु्विष्णु भन्दोरैछन आजकाल,
म त भगवान सँग पो दाँजिएछु!

मलाई साथी भन्दा बाहेक सबै कुरा उसले ठान्न गएछ,
एक मित्रको लागि भनी कविता लेखेर दिएँ,
म उसको आइडल रे, उ चाई मेरो फ्यान पो भएछ!
मैले कुनै फ्यान पनि कमाउन खोजेको थिइन,
म त बस आफ्नो खुसी बाड्न खोज्दै थिएँ साथीलाई
सँगै समान एक मेचमा गन्थने कुरा पोखौला सोचेथें
उसले पनि पारीहल्यो एक्लै त्यो अंध्यारो माथि नै।
जालोमा म आफैं बुनिएँ की तिमीलाई बुन्दैछु मित्र, थाहा छैन
यस अन्धकार शब्दजालको सुरु कहाँ अलपत्र भो?
के शब्द र चित्रका भ्रममा भुलाएँ तिमीलाई?
की तिम्रो माया मेरा शब्द माथि मात्र हो?
देखावटी भन्दो हौ मेरा माया, मेरा सब्द भन्दो हौ बनावटी
एउटा मित्रको साथ को महत्व दर्साउन लेखम म यस हृदयको कुन कुना पट्टी?
एउटा मित्र झैँ साथ निभाउन नसक्ने मान्छे म कच्चा नै रहेछु,
उकाली ओराली कटाउला भन्थ्यौं, तर सिमित फोटो मै भएछु।

मलाई साथी नठानी कता भाग्छ,
दोस्ती यारी त कुनै सौदामा बन्दैनन् अरे,
मैले सौदा नै पो बनाएँ की?? झैँ लाग्छ।
लाग्छ म आफै धेरै बोल्दैछु, घन्काउँदै छु आफ्नै गुनगान को मादल,
आफ्नै मात्र टाउकोमा घाम पार्दैछु, पन्छाउँछु आफ्नै माथिको बादल।
तर उतिकै रुचाउँथे होला तिम्रा कुरा सुन्न, उतिकै रमाउँथे होला तिम्रा कथा गाथामा,
शब्द शब्द छापिदिन्थ्ये होला सबै मुटुको यो लामो खातामा।
घाम छेक्न होइन तिमीलाई छाया दिन खोज्ने थिए,
बादल पन्छाइ सितल बतासको माया दिन खोज्ने थिए,
खोज्ने गर्छु ती मुहारमा मुस्कान एकै फेर,
म साथी हुन सक्दिनँ र? साथ दिएर त हेर?

डर ले माया नै पो लुकाए की?
' यो साथिले पनी छाड्छ ' भन्ने सोच्दै, भाग्दा उसको चित्त नै पो दुखाए की?

Comments
Post a Comment