मित्रता
मित्रता,भनिन्छ परीवार बाहिरको परीवार, तर परीवार जतिकै अपरिहार्य दाजु भाई जतिकै घनिष्ठ नाता हुने, ती बिना खल्लो लाग्दो हो सबै कार्य। तर मित्रताको परिभाषा मैले बुझिनँ की, घनिष्ठ नाता नै गास्न म फेल खाएँ? बुझाउन सकिनँ की मेरो आत्मीयता, की आत्मीयता को भावना नै कतै मिल्काए? किन हो एउटा साथी को साथमा छु जस्तो लाग्दा, मलाई साथी भन्दा बाहेक सबै कुरा उसले ठानेछ, एक मित्रले केही सिकाउन सहयोग मगेथ्यो, सिकाएँ, झट्टै मलाई गुरु र आफूलाई शिष्य पो मानेछ !! मैले कुनै सिश्य कमाउन खोजेको थिइनँ, म त बस रमाउँदै थिए एउटा साथीको खुसीमा कुनै कला कृतिको प्रदर्शन रोजेको थिइनँ, बस रोपिन खोजेँ उसका भावनाका अंकुशीमा। यो शिष्य र गुरु के हो? सोचेथेँ हामी एउटै ड्याङका मूला हौं, यस अन्त्यको सुरु कहाँ भो? कसरी छुटियो की को साना को ठूला हौं? के समान भई हात समाउँदै, रमाउँदै मितेरी साइनो जमाउँदै बढ्न हुन्न र? के त्यो शिखरको निस्सासिदो अन्धकारलाई एक्लै सुम्सुम्याउदै हिँड्दा मन रुन्न र? डढ्या कालो डेक्ची झैँ "साथी" सोच्थेँ आँफैलाई, तारा झैँ चम्किने गरी माझिएछु, गुरु ब्रह्मा गुरु्विष्...