केटो

यो हो एउटा सामान्य केटो जो कलेजमा पढ्न थाल्छ,
जसमा " जिन्दगीनै रमाइलो हो " भन्ने जवनी चढ्न थाल्छ,
पढ्ने टाइम सुरु हुदा ठिटीसङ्ग ठट्टा गर्छ,
मोबाइल, टिभी ,ल्यप्टपको जिवन, किताब-कापी कट्टा गर्छ।
साथी सबै एकै थरी, मस्ती गर्न छेउ लागेका,
 फ़ेस्बुकमा चाहि सधै एक्टिभ, किताब चाहि लेउ लागेका।

एक्जाम आउछन् टेस्ट आउछन्, चोरी गर्ने हजार तरिका,
फ़र्मुला भन्दा टाउको दुख्छ, गित आउछन् नानाथरिका।
" मेरै त छ जिन्दगी, कलेज यसरी नै बित्छ " भन्छ,
जाचको एकदिन अघि पढि, चोर्दै लुट्दै पास हुन्छ।
बङ्क हान्ने रे स्मोक तान्ने रे, धेरै केटी फ़ेरिएका,
नोट कापीलाई च्याती च्याती लभ लेटर्स नि केरिएका।

त्यस्तो मान्छे गम्भिर हुन्छ जब बोर्ड एक्जाम आउन थाल्छ,
 फ़ेसबुक-इन्स्टा सबै तिर #रिड_वेल ह्यस्-ट्याग छाउन थाल्छ।
ठेली ठेली  किताबका फ़ोटा राखी सबलाई छक्याइ दिन्छ,
कमेन्ट रिप्लाइ गर्दा गर्दै फ़र्स्ट यर बोर्ड नि सक्काइ दिन्छ।
सेकेन्ड यरको सुरुपनि गफ़ैबाट भएपछि,
हु-हु-हा-हा, मोज मस्ति, रमाइलोमै गएपछि,

वातावरण छैन पढ्ने भनी उसले दोस दिन्छ,
हल्ला-खल्ला गरी अरुको नि ध्यान खोसदिन्छ।
झट्का, उसले तब पाउछ, हजार भोल्टको करेन्ट लागे जस्तो,
 घन टाउकोमा बज्जारिदा सुस्तरी चेत भागे जस्तो,
हातका रौ ठाडा, देखिन्छ पुरा जिउ नै लुलो पल्टिएको,
खबर पाउछ उसले जब बोर्ड एक्जाममा गुल्टिएको।।

आकाश खस्छ उसै माथि, आसु-सोकमा लट्पटिन्छ,
"अब कसो? के गरौ-हा! "यता उती छ्ट्पटिन्छ,
आखाबाट   भल बगाई मुड्कीले छाती पिट्न थाल्छ,
 "कापी जाच्ने शिक्षक" भन्ने सोच्दै दार्हा किट्न थाल्छ।
बाउ-बाजेकै पालादेखिका शिक्षकलाई सराप्दछ, र भान्छ,
" यो देशको सारा शिक्षा निती नै पो खराब रछ!"

फ़ेसबुकमा आफ़्नो रिस पोख्न भनि एउटा पोष्ट ऊ हाल्छ,
 नेपाली शिक्षा नितीलाई गलत्याउदै मन सम्हाल्छ,
सम्हालिदै जादा ऊ आफ़्नै गल्ति पनि देख्न पुग्छ,
 शिक्षा हेला गर्या यादले टाउको पनि सेक्न पुग्छ।
"अब केहि गर्नु पर्छ!" भन्दै पढ्ने जागर चढ्न थाल्छ,
 रगत सबै जमाई पढ्ने इख मनभित्र गड्न थाल्छ।

ऊ कापी-कलम बोकी आफ़्नो पढाइमा नै ध्यान दिन्छ,
मन मस्तिष्क सबै तिर आफ़्नो प्राप्त ज्ञान दिन्छ,
दुइ दिन भित्र प्राप्त शिक्षा तेस्रो दिन सब भूतले लान्छ,
'अल्छि' नामक पिचासले जोस जाँगर सबै खान्छ।
त्यसले पाक्या घाउझै सबै जाँगर पाप्रा-पाप्रा लुछ्दै जान्छ
पढ्ने इखले जम्या रगत लम्खुट्टेझै चुस्दै जान्छ,

आफ़्नो विष फ़ैल्याइ जोस-जाँगर ,इख सबै निखार्छ,
 किताब पढ्न खोज्या केटोलाई फ़ेरी फ़ेसबुक तिरै झार्छ।
अरु कथा त्यही हो, पुरानै चक्र दोहोरिन्छ,
सेकेण्ड यर बोर्ड बिग्रिएपछि उसको मन झन फ़ोहोरिन्छ,
कुडिएको मन छ, डोरी झुण्ड्याइ घाटी न्याक्न पुग्छ,
थप असफ़ल्ताको डरले बरा आफ़्नै ज्यान फ़्याक्न पुग्छ ।

Comments

Popular posts from this blog

Mental Health

When you're so F*ked up in love.

Echoes of the Self: The Art of Unfolding