Posts

Showing posts from October, 2017

केटो

यो हो एउटा सामान्य केटो जो कलेजमा पढ्न थाल्छ, जसमा " जिन्दगीनै रमाइलो हो " भन्ने जवनी चढ्न थाल्छ, पढ्ने टाइम सुरु हुदा ठिटीसङ्ग ठट्टा गर्छ, मोबाइल, टिभी ,ल्यप्टपको जिवन, किताब-कापी कट्टा गर्छ। साथी सबै एकै थरी, मस्ती गर्न छेउ लागेका,  फ़ेस्बुकमा चाहि सधै एक्टिभ, किताब चाहि लेउ लागेका। एक्जाम आउछन् टेस्ट आउछन्, चोरी गर्ने हजार तरिका, फ़र्मुला भन्दा टाउको दुख्छ, गित आउछन् नानाथरिका। " मेरै त छ जिन्दगी, कलेज यसरी नै बित्छ " भन्छ, जाचको एकदिन अघि पढि, चोर्दै लुट्दै पास हुन्छ। बङ्क हान्ने रे स्मोक तान्ने रे, धेरै केटी फ़ेरिएका, नोट कापीलाई च्याती च्याती लभ लेटर्स नि केरिएका। त्यस्तो मान्छे गम्भिर हुन्छ जब बोर्ड एक्जाम आउन थाल्छ,  फ़ेसबुक-इन्स्टा सबै तिर #रिड_वेल ह्यस्-ट्याग छाउन थाल्छ। ठेली ठेली  किताबका फ़ोटा राखी सबलाई छक्याइ दिन्छ, कमेन्ट रिप्लाइ गर्दा गर्दै फ़र्स्ट यर बोर्ड नि सक्काइ दिन्छ। सेकेन्ड यरको सुरुपनि गफ़ैबाट भएपछि, हु-हु-हा-हा, मोज मस्ति, रमाइलोमै गएपछि, वातावरण छैन पढ्ने भनी उसले दोस दिन्छ, हल्ला-खल्ला गरी अरुको नि ध्यान खोसदिन्छ। झट्का, उ...